Logo

समाचार

भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय 



काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।

आयोजनाको व्यवस्थापन उपसमितिको २०८३ असार ३१ गतेको स्वीकृत नक्सा तथा लडसिटअनुसार ए,बी,र डी ब्लकको बीचबाट कायम गरिएको ६ मिटरको बाटो फिल्डमा समेत कायम गरी ढलान गर्नुपर्ने भएकाले बाटोको सीमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना जारी गरिएको हो।

ललितपुर महानगरपालिका–१५, भेल्पास्थित आयोजनाले कुनै पनि जग्गाधनीको जग्गामा अन्य व्यक्तिले अनधिकृत रूपमा संरचना निर्माण गरेको भए त्यस्ता संरचना पनि सात दिनभित्र हटाउन आग्रह गरेको छ।

तोकिएको अवधिभित्र संरचना नहटाए आयोजनाको तर्फबाट त्यस्ता संरचना हटाइने र सम्बन्धित व्यक्तिविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ । यसअघि आयोजनाअन्तर्गत १० ठाउँमा बनेको संरचना हटाइएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १२:५२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।