काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख ९१ हजार १६१ रुपैयाँ सहयोग गरेको छ।
बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
यस्तै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको अर्को चेकसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको जनाएको छ।
प्रभु बैंकले यसअघि बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत १ सय थान टेन्ट र १ सय थान स्लिपिङ ब्याग वितरण गरेको थियो।
बैंकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा जीवनयापन सहज बनाउन आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीनको शीघ्र खोज तथा उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।















प्रतिक्रिया