Logo

राजनीति

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई ओलीको निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको टोलीलाई प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा टोलीलाई बिदाइ गर्दै ओलीले स्थानीय अवस्था बुझेर पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा स्थानीय तह, प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाउन आग्रह गरे।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार २१:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।