Logo

बैंकिङ

सेयर स्वामित्व परिवर्तन गर्दै सिटिजन लाइफ, संस्थापकको ६० र सर्वसाधारणको ४० प्रतिशत रहने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको स्वामित्व अनुपात परिवर्तन गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयर स्वामित्व ७० प्रतिशतबाट घटाएर ६० प्रतिशत तथा सर्वसाधारण सेयर स्वामित्व ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत कायम गर्ने निर्णय गरेको हो।

नेपाल बिमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम सेयर स्वामित्व संरचना परिवर्तन गर्न लागिएको कम्पनीले जनाएको छ।

हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व छ। प्रस्तावित व्यवस्था कार्यान्वयनका लागि १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिनेछ।

यसका लागि नेपाल बिमा प्राधिकरणबाट आवश्यक स्वीकृति लिएपछि आगामी वार्षिक साधारणसभामा सेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार ०७:४८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।