Logo

प्रमुख समाचार

मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु



काठमाडौं । मकवानपुरको हेटौँडाबाट काठमाडौं आउँदै गरेको विद्युतीय गाडी (ईभी) इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गाडीमा आठ जना सवार थिए। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरिएको छ। तीमध्ये एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ भने तीन जनालाई काठमाडौं ल्याइएको छ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।