Logo

प्रमुख समाचार

राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता



काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल भएको थियो।

बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत वितरण, अस्थायी आवासको व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका विषयमा समेत कुराकानी भएको जनाइएको छ।

त्यसैगरी राष्ट्रिय सभाका कामकारबाही, चालु अधिवेशनको प्रभावकारिता तथा नयाँ विधेयकहरूको अवस्थाबारे पनि राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच छलफल भएको थियो।

 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।