Logo

उद्योग

उद्योगी शंकरलाल अग्रवाल १० लाख धरौटीमा रिहा



काठमाडौं ।  सर्वोच्च अदालतले उद्योगी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतको संयुक्त इजलासले अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने यसअघिको आदेश बदर गर्दै धरौटीमा मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो।

अदालतको आदेशपछि अग्रवालले १० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर रिहा भएका छन्।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवालले आफूलाई थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपलब्ध मिसिल, कागजात तथा प्रतिवादीतर्फबाट प्रस्तुत जिकिरसमेतलाई आधार मानी धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको हो।

यसअघि उच्च अदालत पाटनले अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध अग्रवाल सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चको पछिल्लो आदेशसँगै अब अग्रवाल थुनाबाहिर रहेर बैंकिङ कसुरसम्बन्धी मुद्दाको पुर्पक्षमा सहभागी हुनेछन्।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार २०:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।