काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो।
वाग्ले बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली जानेछन्। भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री एस. जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।















प्रतिक्रिया