Logo

समाचार

बाढी प्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

विश्वविद्यालयका अनुसार उक्त रकम पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो।

उपकुलपति, रजिस्ट्रार र रेक्टरले एक महिनाको तलब बराबरको रकम योगदान गरेका छन्। त्यस्तै, प्राध्यापक तथा प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम सहयोग गरेका छन्।

त्रिविले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार २१:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।