चितवन । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग गरिएका विभिन्न उपकरणसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतका २५ वर्षीय काथराम नितिन छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले भरतपुर महानगरपालिका–२, आँपटारीबाट पक्राउ गरेको हो।
नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार नितिनको साथबाट २६ थान मोबाइल, दुई थान ल्यापटप, ९५ थान सिमकार्ड, चार थान सीपीयू, एक थान इन्भर्टर, दुई थान ब्याट्री, ६ थान यूएसबी, दुई थान राउटर तथा विभिन्न प्रकारका डेटा केबललगायत सामग्री बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्री अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया