Logo

प्रमुख समाचार

माथिल्लो त्रिशूली थ्री ‘ए’को टनेलबाट ६ शव निकालियो



काठमाडौं । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलमा ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका हुन्।

यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।

टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार १३:०२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।