काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट रकम लेनदेन गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
अदालतका अनुसार लागुऔषध (खैरो हेरोइन) मुद्दामा बयानका लागि इजलाससमक्ष पेस गरिएका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिई उनकी पत्नीबाट ४ लाख ७९ हजार रुपैयाँ लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का अजय थापा–मगर र विदुर नगरपालिका–९ का हरिराम गिरी रहेका छन् ।
उनीहरूलाई शुक्रबार अदालत परिसरमै रकम लेनदेन गरिरहेको अवस्थामा नगदसहित पक्राउ गरिएको अदालतले जनाएको छ ।

















प्रतिक्रिया