Logo

विविध

अवैध ३५ लाख नगदसहित दुई जना पक्राउ



काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित काठमाडौंको अनामनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगन्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन्।

काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँ बरामद गरिएको हो।

प्रहरीले उनीहरूविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार २१:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।