Logo

बैंकिङ

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने 



कर्मचारी संचय कोषबाट ग्राहक महानुभावहरुले लिनुभएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम  भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने छ । यस सुबिधाबाट ग्राहकहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सकिने छ । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।