Logo

बैंकिङ

गर्भनर अधिकारीको हस्ताक्षरयुक्त नयाँ नोट बजारमा



नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि बजारमा आएको छ । रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थ/३४ ०००००१ देखि  नं. ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा पठाएको हो । 

यस्तै रु १० को नोट पनि साविककै आकार र रङमा आएको छ । १० रुपैयाँको संकेत नम्बर ढ/८२ ०००००१ देखि  द/४५ ९९९९९९ सम्म को नोट आजैबाट चलनचल्तीमा आएको छ ।  दुबै दरको नोटमा गर्भनर अधिकारीको हस्ताक्षर रहेको छ ।  यी नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नं. नेपालीमा वि.सं. २०७६ लेखिएको छ । 

दुबै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यस्तै पछिल्लो भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक बैंक’ लेखिएको छ । पाँच रुपैयाँ नोटको पछाडिको मध्यभागमा याक तथा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल छ भने रुपैयाँ १० को नोटमा कृष्णसारको चित्र छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।