मनाङ। नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा असोज ११ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप तीन आरोहीको शव भेटिएको छ। तीन शव भेटिएसँगै हिमपहिरोमा ज्यान गुमाउने आरोहीको संख्या सात पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव फेला परेको हो।
घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आईएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको टोली उद्धारमा खटिएको छ। उक्त टोलीले हिउँ पन्छाएर बेपत्ता आरोहीको शव निकालेको पौडेलले बताए।
यसअघि आइतबार र सोमबार गरिएको खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।



















प्रतिक्रिया