Logo

अर्थ

रिज लाइन इनर्जीको लाभांश घोषणा



काठमाडौं । रिज लाइन इनर्जीले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको १२ करोड ४७ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश पारित गर्न कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।

कम्पनी साधारणसभा आउँदो कात्तिक १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश पारित गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ।

सभाले दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्नेछ। सभाले मैवा खोला जलविद्युत आयोजना (१२.५०४ मेवा)को विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण तथा बिक्री गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार ११:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।