Logo

समाचार

हिमलुङ हिमपहिरोमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या ११ पुग्यो



काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ । यससँगै घटनामा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार बिहीबार पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारका क्रममा चार शव फेला पारेको हो।

९ असोजदेखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो ।

हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार १४:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।