Logo

अर्थ

सेयर बजारमा झिनो अंकको वृद्धि, ४ अर्ब ८८ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ ।

आज १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ८८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार १५:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।