काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसनलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कसुर गरेको ठहर गर्दै विभागले ऐनको दफा ३८ को खण्ड ‘ङ’ बमोजिम कर्पोरेसनलाई जरिवाना गरेको हो।
विभागले काठमाडौं महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ कर्पोरेसनलाई प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै जरिवाना रकम दाखिला गर्न निर्देशन दिएको छ।
विभागका अनुसार आदेश प्राप्त भएको मितिले सात दिनभित्र जरिवानाबापतको रकम राजस्व शीर्षक नम्बर १४३१२ मा दाखिला गर्नुपर्नेछ। रकम दाखिला गरेपछि बैंक भौचरको दोस्रो प्रति विभागमा पेस गर्नसमेत निर्देशन दिइएको छ।
उपभोक्ता संरक्षण ऐनको दफा ३८ को खण्ड ‘ङ’ मा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएबापत कारबाही गर्ने व्यवस्था छ।



















प्रतिक्रिया