काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालय सदस्य तथा सहयोगीहरुको विवरण सार्वजनिक गरेको छ । शुक्रबार कार्यालयले प्रधानमन्त्रीको सचिवालय विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीको सल्लाहकारतर्फ कुमार ब्यञ्जनकार अवैतनिक मुख्य सल्लाहकार, असिम शाह राजनीतिक सल्लाहकार र अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन् । तिनैलाई मन्त्रीसरहको श्रेणीमा राखिएको छ ।
सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार छन् । उनीहरूलाई राज्यमन्त्रीसरह सुविधा दिइएको छ ।
स्वकीयतर्फ सुवाष शर्मा प्रमुख स्वकीय सचिव छन् । उनको पद रा.प. विशिष्टसरह छ । नविन भण्डारी स्वकीय सचिव छन् भने सञ्जिव पाण्डे स्वकीय सहसचिव (विकास परियोजना) र दिपा दाहाल स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) छन् । यस्तै सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक र विश्व राई विज्ञ (सामाजिक विकास) छन् । यी पाँचै जनाको पद रा.प. प्रथमसरह छ ।
स्वकीय उपसचिवका रूपमा प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य छन् । सुमन गौतम सहायक विज्ञ (नागरिक उड्डयन) तथा रवि किरण अधिकारी सहायक विज्ञ (भाषा तथा मस्यौदा) छन् । उनीहरूको पद रा.प. द्वितीयसरह छ ।



















प्रतिक्रिया