काठमाडौं। चाडपर्व, खराब मौसम वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग तोकिएभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीमाथि कारबाही हुने भएको छ।
संघीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक, २०८३ मा प्राधिकरणले स्वीकृत गरेको भाडादरभन्दा बढी रकम असुलेर उडान सञ्चालन गरे त्यसलाई कसुर मान्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार स्वीकृत भाडादरभन्दा बढी रकम असुल्ने वायुसेवा कम्पनीलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ।
विशेषगरी चाडपर्व तथा यात्रुको चाप बढेका बेला हवाई टिकटको भाडा बढाउने गरिएको गुनासो यात्रुबाट आउने गरेको छ। यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न विधेयकमा तोकिएकोभन्दा बढी भाडा असुल्नेलाई कानुनी दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयक संसद्बाट पारित भएर लागू भएमा प्राधिकरणले स्वीकृत गरेको भाडादरभन्दा बढी रकम लिने वायुसेवा कम्पनीमाथि जरिवाना गर्न कानुनी आधार तयार हुनेछ।



















प्रतिक्रिया