Logo

प्रविधि

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति



 

बागलुङ  । गलकोट नगरपालिकामा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति पुर्‍याएको छ। नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति पुगेको हो। थप १ सय ३३ घरमा आंशिक क्षति भएको छ।

हुरीका कारण ३९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५२ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ।

प्राकृतिक विपत्तिका कारण सिँचाइ संरचनामा समेत ठूलो क्षति पुगेको छ। पक्की सिँचाइतर्फ २१ संरचनामा धेरै र २४ संरचनामा सामान्य क्षति भएको छ। यस्तै, कच्ची सिँचाइतर्फ २ सय ३ वटा संरचनामा क्षति पुगेको छ।

नगरपालिकाले विपद्बाट भएको क्षतिको विवरण संकलन गरी आवश्यक व्यवस्थापन तथा पुनर्निर्माणका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार ०८:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।