काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मलेसियाबाट विनोदबहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। नेपाली जनसम्पर्क समिति, मलेसियाका प्रमुख संरक्षकसमेत रहेका थापा महाधिवेशन प्रतिनिधिका रूपमा कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा छन्।
मलेसियामा रहेर लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा प्रवासी नेपालीबीच पार्टीको गतिविधि विस्तारमा सक्रिय रहँदै आएका थापा यसपटक केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। नेपाली जनसम्पर्क समिति मलेसियाको संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले प्रवासमा रहेका नेपालीका समस्या र भावनालाई पार्टीको मूलधारसँग जोड्नुपर्नेमा जोड दिँदै आएका छन्।
थापाको उम्मेदवारीसँगै विदेशस्थित जनसम्पर्क समितिबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको बहस पनि अघि बढेको छ। उनले प्रवासी नेपालीको हकहित, संगठन विस्तार तथा पार्टीको विदेशस्थित संरचनालाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको आगामी नेतृत्व र संगठनको दिशासमेत तय गर्ने भएकाले थापाको उम्मेदवारीलाई मलेसियामा रहेका कांग्रेससम्बद्ध नेपालीले चासोका साथ हेरेका छन्। थापा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुँदै केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्।



















प्रतिक्रिया