Logo

बैंकिंग

नयाँ बानेश्वरमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गर्ने पक्राउ 



राजधानीको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २९ गते बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर फरार भएका काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महानगरीय प्रहरी बृउत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

बैंकका रकम झिक्ट गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर भएका थिए भने त्यसलगत्तै उनी फरार भएका थिए । 
प्रहरीले थापामाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए । 

प्रकाशित : १० मंसिर २०७७, बुधबार