काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले एभरेस्ट बैंकलाई जर्सी पार्टनरका रूपमा भित्र्याएको छ।
विराटनगर किंग्स र एभरेस्ट बैंकबीच भएको सम्झौतामा बैंकका कोसी प्रदेश प्रमुख सुधीर गौतम र किंग्सकी लगानीकर्ता अनुदा पोदारले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार एभरेस्ट बैंकको लोगो विराटनगर किंग्सको जर्सीको पछाडिको भागमा रहनेछ।
विराटनगर किंग्सको मुख्य प्रायोजकका रूपमा स्ट्रम इनर्जी रहेको छ। यस्तै, जर्सीको नन-लिड आर्म्समा पिएलो लुब्रिकेन्ट र ट्राउजरमा बाजेको सेकुवा यसअघि नै प्रायोजकका रूपमा जोडिइसकेका छन्।
तेस्रो संस्करणमा विराटनगर किंग्स नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ। टोलीले विदेशी खेलाडीका रूपमा श्रीलंकाका टी–२० कप्तान चरिथ असालंका र अमेरिकाका शुभम रञ्जनेलाई अनुबन्ध गरेको छ।
गत संस्करणमा विराटनगरले दक्षिण अफ्रिकाका स्टार फाफ डुप्लेसिस, न्युजिल्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्गे, स्कटल्यान्डका जर्ज मुन्सी, साम हिजलेट र शुभम रञ्जनेलाई टोलीमा समेटेको थियो।
विराटनगर किंग्समा विराटनगरका चार उद्योगी समूहको लगानी रहेको छ।




















प्रतिक्रिया