Logo

राजनीति

भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट



काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् ।

नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले टेक्नोलोजीको प्रयोग गरेर चुनावी अभियान चलाएका हुन् । इन्जिनियर समेत रहेका त्रिपाठीले मंगलबार विहान प्रदर्शनीमार्ग क्षेत्रमा रोबोटको प्रयोग गरेका थिए ।

उनले कांग्रेसको प्राकृतिक स्रोत विभाग सदस्य सचिव र निर्वाचन ब्युरो सदस्यका रूपमा पनि काम गरेका थिए। सभापति गगन थापा निकट रहेर काम गर्दै आइरहेका उनी सामाजिक अभियानमा पनि सक्रिय छन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार ११:५२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।