Logo

राजनीति

युवा नेता ढकालले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी 



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

युवा उद्यमी तथा सफल बैंकर्स ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार उम्मेदवारी दिएका हुन् ।

ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आएका विज्ञको रूपमा परिचित रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १६:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।