काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीका संस्थापक शेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएपछि उक्त सेयर बिक्री खुला भएको हो ।
संस्थापक सेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल यस सेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
सो सेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।



















प्रतिक्रिया