Logo

राजनीति

कांग्रेस महाधिवेशन: बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सर्‍यो



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउसो ४ बजेसम्मको लागि सरेको छ ।

कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सारिएको हो ।

वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन् ।

बन्दसत्रमा सभापति गगन थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

बन्दसत्रमा सोमबारदेखि नै ती प्रस्ताव तथा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन् । छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा सुझाव र धारणा राखेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।