Logo

स्वास्थ्य

नेपालमा एकै दिन २८ जना संक्रमितको मृत्यु ,मृतकको संख्या १३८९ पुग्यो



नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो। 

एकै दिन १ हजार ९ सय ४८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

गत २४ घण्टामा ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १६ लाख ९० हजार ५ सय ९ जना पुगेको छ। हाल ६ सय ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ४ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।