Logo

राजनीति

कांग्रेस महाधिवेशन : मतदान प्रक्रिया दिउँसो २ः३० बजेबाट



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज दिउँसो २ः३० बजेबाट सुरु हुने भएको छ ।

यसअघि बिहान ७ बजेदेखिको समय १० बजे सारिएकामा वर्षा र प्राविधिक कारणले गर्दा अब दिउँसो २ः३० बजेबाट सुरु हुने जनाइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ज्येष्ठ मतदाताबाट मतदानको प्रक्रिया सुरु गरिनेछ ।

निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका सम्पूर्ण प्रतिनिधि सदस्यलाई निर्धारित समयमा मतदान प्रक्रियामा सहभागी हुन सूचित गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार १४:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।