काठमाडौं । आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.५३ अंकले बढेर २५७४.६५ को विन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २२ करोडको शेयर कारोबार भएको छ ।आज ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीको शेयर मूल्य ३३० रुपैयाँ कायम भएको छ । एसवाई प्यानलको ३८ करोड ५० लाखको शेयर कारोबार भएको छ । बन्दीपुरको २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शान्भी इनर्जीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।



















प्रतिक्रिया