Logo

प्रमुख समाचार

आजदेखि दसैंलाई अग्रिम टिकट बुकिङ खुल्यो, रातीदेखि नयाँ बसपार्कमा टिकट लिनेको लामो लाइन



काठमाडौं। दसैंमा घर जाने यात्रु अग्रिम बस टिकट बुकिङ खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा लामबद्ध भएका छन्।

सरकारले शुक्रबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि केही जिल्लाका यात्रु भने बिहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका हुन्।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार बिहीबार राति ९ बजेदेखि नै यात्रु टिकट काट्न लाइनमा बस्न थालेका थिए।

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु अग्रिम टिकट लिन रातिदेखि नै नयाँ बसपार्क पुगेको जानकारी दिए।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

दसैंमा घर जाने यात्रुको चापलाई व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार ०७:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।