Logo

स्वास्थ्य

पूर्व युवराज पारस शाहमा मुटुमा समस्या देखिएपछि,होटेलमा राखेर उपचार गरिँदै



चितवनको नारायणगढस्थित सेन्ट्रलपाम होटलमा सहयोगीसहीत रहेका पूर्व युवराज पारस शाहमा मुटुमा समस्या देखिएपछि चिकित्सकको टोलिले होटलमै पुगेर उपचार गरेको छ ।

चितवन मेडिकल कलेजका प्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम राज रेग्मीको नेत्रित्वमा ६ जनाको टोली होटलमा पुगी शाहलाई रुममै राखेर उपचार गरेको हो । अहिले शाहाले केही सहज महसुस भएको बताएको र रुममै आराम गरिरहेको डा. रेग्मीले बताए । बढी समस्या देखिएमा अस्पतालमै लगेर उपचार गरिने पनि रेग्मीले बताए ।

शाहमा मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाइएको अरु समस्या अहिले नदेखिएको रेग्मीको भनाइ छ । उनी अहिले गहिरो निन्द्रामा रहेकाले राति बढी समस्या देखिए अस्पतालमै लगेर उपचार गरिने डा. रेग्मीले बताए । आफूहरु तयारी अवस्थामै रहिरहने डा. रेग्मीको भनाइ छ । होटलबाट चिकित्सकको टोली भने अहिले बाहिरिएको छ ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार