Logo

अर्थ

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान



काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ ।

अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल रु ७० प्रदान गर्दै आएको छ । -रासस

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार १२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।