काठमाडौं । सेयर बजार शुक्रबार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० को विन्दुमा बन्द भएको हो ।
आज १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ । यो दिन १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज बजारमा ४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक कमाए । यो कम्पनीको सेयर मूल्य ४.९१ प्रतिशतले बढेको छ । आज रिज लाइन इनर्जीका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७.८५ प्रतिशतले घटेको छ।



















प्रतिक्रिया