Logo

समाचार

सहन्यायाधिवक्ता नेउपाने सचिवमा बढुवा 



काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेउपानेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २३ गतेको बैठकका मुख्य निर्णयहरू

१.विश्व बैंकसँग ल्भउब िभ्बचतजत्रगबपभ ऋबतबकतचयउजभ द्ययलम सम्बन्धी :बलमबतभ ब्नचभझभलत मा हस्ताक्षर गर्न स्वीकृति दिने।

२.बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।

३. जापानको आईची–नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।

४. नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार १७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।