काठमाडौं । विजयादशमीको बिदा अवधिमा पनि काठमाडौं जिल्ला अदालतले अत्यावश्यक न्यायिक सेवा सञ्चालन गर्ने भएको छ। अदालतले असोज २५ देखि कात्तिक ८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गर्ने जनाएको छ।
अदालतले शुक्रबार जारी गरेको सूचनाअनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाका दिनबाहेक अन्य दिन अदालत खुला रहनेछ।
बिदाका समयमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन, उक्त समर्थनसँग सम्बन्धित उपस्थित अभियुक्तको म्याद थप, कल डिटेल्स ९सीडीआर० लिन अनुमति र पक्राउ अनुमति प्रदान गर्ने सेवा उपलब्ध हुनेछन्।
त्यसैगरी, धरौटी बुझाउन नसकी थुनामा पठाइएका प्रतिवादीले धरौटी रकम दाखिला गर्न सक्ने व्यवस्था पनि मिलाइएको अदालतले जनाएको छ। फैसलाबमोजिमको जरिवाना रकम बुझाएर छुट्न पाउने व्यक्तिका लागि जरिवाना रकम बुझ्ने सेवा पनि सञ्चालन हुनेछ।
काठमाडौं जिल्ला अदालतका प्रशासन प्रमुखले असोज २३ गते जारी गरेको सूचनामा दसैं बिदाका अवधिमा उपलब्ध हुने अत्यावश्यक न्यायिक सेवाबारे जानकारी दिइएको छ।



















प्रतिक्रिया