काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले ९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले ४ लाख ८२ हजार ६२७ बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन् ।
बीमाशुल्क संकलनका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले दुई महिनामा १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स १ अर्ब ४ करोड रुपैयाँसहित दोस्रो स्थानमा रहँदा एनएलजी इन्स्योरेन्स ९७ करोड १७ लाख रुपैयाँसहित तेस्रो स्थानमा छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै चौथो स्थान हासिल गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ संकलन गरेका छन् ।
त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । युनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख रुपैयाँ संकलन गर्दा नेपाल इन्स्योरेन्सको बीमाशुल्क ४३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
सानिमा जिआईसी इन्स्योरेन्सले ४२ करोड २६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सूचीको अन्तिममा रहेको प्रभु इन्स्योरेन्सले दुई महिनामा ३४ करोड ४९ लाख रुपैयाँ संकलन गरेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सगरमाथा लुम्बिनी र शिखर इन्स्योरेन्सले मात्रै एक अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । एनएलजी र हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि एक अर्ब रुपैयाँको नजिक छन् ।
निर्जीवन बीमा कम्पनीहरूले मोटर, सम्पत्ति, कृषि तथा इन्जिनियरिङलगायतका क्षेत्रमा बीमा सेवा प्रदान गर्दै आएका छन् । बीमालेख बिक्री र बीमाशुल्क संकलनको तथ्यांकले कम्पनीहरूको व्यावसायिक गतिविधि तथा निर्जीवन बीमा बजारमा उनीहरूको हिस्साबारे संकेत गर्छ ।



















प्रतिक्रिया