Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९१, सिसिटिभिमार्फत २३, रातोबत्तीमा १९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा ११, लेन क्रसमा २, अवस्था ठिक नभएको १४, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आईतवार ०८:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।