Logo

स्वास्थ्य

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना पोजेटिभ



नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्याप्टेन मल्लले बुधबार (आज) फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

उनले आफूले सुरक्षा सवधानीको उपाय अपनाउँदा अपनाउँदै पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको जनाएको छ । कोरोना पुष्टि भएसँगै आफू होम क्वारेन्टाइन बसेको उनले बताएका छन् ।

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई डब्ल्यूएचओ र स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकल्सको पालना गर्न आग्रह पनि गरेका छन् ।

उनले आफूलाई कोरोना संक्रमण भएपनि कुनै लक्षण नदेखिएको र स्वस्थ्य रहेको बताएका छन् । कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको बताइएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीले बुधबार स्वाब दिएका थिए । जसमध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यसैबीच सन्दीप लामिछाने, सुवास खकुरेल, शरद भेषावकर र बसन्त रेग्मीले भने कोरोना परीक्षणका लागि स्वाब दिएका छैनन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।