Logo

प्रमुख समाचार

बूढीगण्डकी बाढीमा फसेका ६ जनाको हवाई उद्धार



काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ६ जनालाई हवाई उद्धार गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरो जोखिम क्षेत्रबाट ६ जनाको उद्धार गरिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको कम्पोजाइट क्विक रियाक्सन टिम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।’

प्रकाशित मिति : २५ आश्विन २०८३, आईतवार ११:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।