Logo

खेलकुद

नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य



काठमाडौं । नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ‌‌ओमानमा जारी त्रिपक्षीय शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको हो।

आइतवारको खेलमा नेपालले निर्धारित ५० ओभरमा २३५ रन बनायो।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक १०१ रन बनाए । गुलशन झाले ४८ रन योगदान गरे ।

यस्तै, बसिर अहमदले ३०, अर्जुन कुमालले २३ रन जोडे । बलिङतर्फ क्यानडाका अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए । यस्तै, जाहिद सिर्जादले दुई विकेट लिए ।

 

 

प्रकाशित मिति : २५ आश्विन २०८३, आईतवार १४:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।