Logo

प्रमुख समाचार

संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै



काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः१५ बजे सुरु हुने समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने कार्यसूची तय गरिएको छ ।

बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चिरन जङ्ग थापा र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर ज.ब.रा.लाई आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

प्रस्तावित राजदूतहरूको सुनुवाइ अघि समितिले उनीहरूविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्ने भएको छ ।

उजुरीकर्ताहरूसँगको छलफल सकिएपछि प्रस्तावित व्यक्तिहरूको कार्ययोजना र योग्यतासम्बन्धी सुनुवाइ अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ०८:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।