Logo

अर्थ

सेयर बजारमा २१ अंकको वृद्धि, ४ अर्ब १३ करोड माथिको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २,६२१ को विन्दुमा कायम भएको छ ।

आज १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २६ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २१ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १३.२१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १५:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।