काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २,६२१ को विन्दुमा कायम भएको छ ।
आज १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २६ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २१ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १३.२१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया