Logo

समाचार

कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, दशैंमा घर फर्किने यात्रुलाई टिकट भौचर जित्ने मौका



काठमाडाैं । कोका–कोलाले दशैंलाई लक्षित गर्दै सञ्चालन गरेको ‘भरौँ खुसी’ अभियानमार्फत हवाई तथा बस टिकट भौचर जित्ने अवसर उपलब्ध गराएको छ।

चाडपर्वमा घर फर्किने यात्रुको चाप र टिकट पाउन हुने कठिनाइलाई ध्यानमा राख्दै कम्पनीले यस वर्षको दशैं अभियानलाई घर फर्किने यात्रासँग जोडेको जनाएको छ। अभियान सुरु भएयता सयौँ सहभागी हवाई तथा बस टिकट भौचरका विजेता बनिसकेको कम्पनीले जनाएको छ।

सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने अभियानमा कोका–कोला, स्प्राइट र फ्यान्टाका सहभागी २.२५ लिटर तथा १.५ लिटर पेट प्याकमा रहेको क्यूआर कोड स्क्यान गरी अभियानको वेबसाइटमार्फत दर्ता गर्न सकिनेछ। दर्ता भएका सहभागीले हवाई वा बस टिकट भौचर जित्ने अवसर पाउनेछन्।

कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले दशैं परिवारका सदस्य एक ठाउँमा भेला हुने महत्वपूर्ण अवसर भएकाले घर फर्किने यात्रालाई केही सहज बनाउन अभियान सञ्चालन गरिएको बताए।

‘दशैंमा लामो समयपछि परिवारका सदस्यहरू एक ठाउँमा भेला हुन्छन्। घर फर्किने यात्रा र परिवारसँग बिताउने समयको महत्वलाई ध्यानमा राख्दै ‘भरौँ खुसी’ मार्फत पुनर्मिलनलाई सहज बनाउन सानो योगदान गर्न खोजेका हौँ,’ उनले भने।

अभियानअन्तर्गत तयार गरिएको टेलिभिजन विज्ञापनमा कोका–कोलाका ब्रान्ड एम्बेसडर प्रदीप खड्का र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। विज्ञापनले दशैंमा घर फर्किने उत्सुकता र परिवारसँगको भेटघाट तथा आत्मीयतालाई समेटेको कम्पनीले जनाएको छ।

काम, अध्ययन वा अन्य कारणले घरभन्दा टाढा बस्दै आएका नेपालीका लागि दशैं परिवारसँग पुनर्मिलनको महत्वपूर्ण अवसर भएकाले यस वर्षको अभियानलाई त्यही भावनासँग जोडिएको कोका–कोलाले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १७:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।