Logo

प्रमुख समाचार

बिमस्टेक बैठकमा सहभागी भएर स्वदेश फर्किए गृहमन्त्री गुरुङ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा उनी भारतको नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएका थिए।

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचको आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका थिए।

उनले विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण गर्न प्रस्तावसमेत गरेका थिए।

स्वदेश फर्कने क्रममा गृहमन्त्री गुरुङले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग संक्षिप्त भेटवार्ता गरेका थिए। गृहमन्त्रीको सचिवालयका अनुसार उक्त भेट विमानस्थलमा भएको हो।

गुरुङ असोज २६ गते भारत भ्रमणमा गएका थिए।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार २१:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।