Logo

समाचार

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित



काठमाडौं । प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी गराएको छ ।

असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खसेर अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु गरिएको छ ।

असोज २५ गते बिहान ५ः३० बजे बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २, ३ र वडा नं. ९ नयाँपुल क्षेत्र प्रभावित भएको छ । सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड हाल पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार ०८:२०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।